धरान । केन्ट उत्पादनको एक मात्रै आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आर.ओ.वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । 

नयाँ वाटर प्युरिफायरको बजार मूल्य ३३ हजार ९९० रुपैयाँ रहेको छ । सिजीको नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध छन् । यस प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले सतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्दछ जसमा पी.एच.को स्तर ८.५ देखि ९.५ को बीचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ । 

आविष्कारशील मिनरल आर.आ. टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टी.डी.एस. कन्ट्रोलर प्रयोग गर्दै सतप्रतिशत शुद्ध र खनिज युक्त पिउने पानी प्रदान गर्ने जनाइएको छ । एक वर्षमा वारेन्टी रहेको छ । सिजीका सबै स्टोरहरूमा उपलब्ध रहेका छन् ।