धरान । धनकुटा नगरपालिकामा २०५४ सालमा निर्वाचित उपप्रमुख जीवप्रसाद पाखरेलको कोरोना सङ्क्रमणका कारण आइतबार राति धरानमा निधन भएको छ ।
उनलाई दुई साताअगि कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने डेढ साताअगि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिए । उपचारको क्रममा आइतबार राति १० बजेतिर निधन भएको परिवारले जनाएको छ ।
धनकुटा संवाददाता सन्तवीर लामाका अनुसार धनकुटा नगरपालिकामा २०५४ देखि ५९ सम्म उपप्रमुखको भूमिकामा रहेका थिए । नेकपा एमालेबाट निर्वाचित बनेका उनी लामो समय कम्युनिष्ट राजनीतिमा रहेका थिए । हालै उनी जिल्ला सल्लाहकार संयोजक पदमा रहेका थिए । उनको सोमबार बिहान धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरको घाटमा अन्त्येष्टि गरिएको संवाददाता लामाले जानकारी दिए ।
एक छोरा, २ छोरी र श्रीमती रहेका पोखरेल धनकुटा–६ आँमडाँडा निवासी हुन् । (यसअगि तीन छोरी भनेर उल्लेख गरिएकाले उक्त विवरण गलत पर्न गएकाले सम्पादन गरिएको छ ।)