यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको बद्मासी भेटिएको छ । बैंकको शाखाले सेवा प्रभाह नगरी ७ लाख ७० हजार घर भाडा बुझाएको पाइएको हो ।

नागरिकलाई सेवा दिने उदेश्यले २०७५ साल जेष्ठ २१ गते घर भाडा सम्झौता गरेको थियो । घरभाडा लिएको ३९ महिनासम्म पनि सेवा प्रभाह नगरी ७ लाख ७० हजार बुझाएको हो  मासिक २० हजार घर भाडा बुझाउने सर्त सहित सम्झौता गरेको बैंकले सो रकम बुझाएको हो । घर भाडा लिएको ३ वर्ष ३ महिना पुगेको छ । प्रति महिना २० हजारको दरले हालसम्म ७ लाख ७० हजार रकम बुझाएको पाइएको हो ।

राष्ट्रिय बाणिज्य बैंक क्षेत्रिय कार्यालय बिराठनगर र घरधनी बिच भएको सम्झौता अनसार बैंकले घरभाडा नियमित रुपमा बुझाउँदै आएको बैंकका प्रदेश प्रवन्धक रिसभ भटराइले बताए । उनले भने ' घरभाडा लिदा प्राविधिक पक्ष हेर्न एक वर्ष लाग्छ । बैंकको शाखा संचालन गर्न लोकसेवाबाट कर्मचारी छनोट प्रकृया अघि बढेको थियो । तर अदालतले त्यो प्रकृया रोकेपछि ढिला भएको हो । ' यसमा कोभिडले पनि असर गरेको भन्दै सेवा संचालन गर्न कठिनाइ भएको भटराईको भनाइ छ ।

लामो समयदेखि गाउँपालिकाले मेगा बैंकसंग सहकार्य गरी बैङकिङ कारोबार गर्दै आएको छ राष्ट्रिय बाणिज्य बैंकको जस्तो सबै कारोबार गर्न समस्या भएको भन्दै गाउँपालिकाले तत्काल सेवा संचालन गर्न बैंकलाई दबाव दिदैं आएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।

उनि भन्छन् 'गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको सेवा संचालन नहुदा फिदिम शाखासम्म पुगेर कार्यालयको कर बुझाउनु परेको छ ।' आफुले बैंकका सिओसंग पटक पटक यो विषयमा कुराकानी गरेको भन्दै भदौ महिना भित्रै कार्यालयले सेवा प्रभाह गर्ने आश्वसन पाएको बताए ।

गाउँपालिकामा मेगा बैंक मात्रै भएकाले नागरिकको भीडभाड बढ्ने गरेको छ । यस्तो अवस्थामा बाणिज्य बैंकले सेवा प्रभाह गरे आर्थिक कारोवार देखि व्यपार व्यावसाय संचालनमा सहज हुने युवा व्यवसायी नरेन्द्र बोहोराले बताए । गाउँपालिकामा २०३८ सालमा राष्ट्रिय बाणिज्य बैंक र २०४१ सालमा कृषि विकास बैंक स्थापना भएका थिए । दद्धकालको समयमा शुरक्षाको कारण देखाउँदै विस्थापीत भएका थिए ।