धरान । इटहरीका कोरोना संक्रमितको मनोवल प्रदान गर्न नगर प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको घरघरमा पुगेका छन् ।
घरमै स्वास्थ्य लाभ लिइरहेका जनप्रतिनिधि तथा सर्वसाधारणको घरमा पुगेर स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । समस्या भएकाहरूलाई स्वास्थ्यकर्मीले परामर्श गरेका थिए । त्यसक्रममा औषधि पनि वितरण गरिएको थियो । इटहरी–१४ का सदस्य दुखीलाल चौधरी, इटहरी–५ का सदस्यद्वय ईश्वरवीक्रम साह, सन्तोष पराजुलीको घरमा पुगेर परामर्श दिइएको हो ।
यस्तै इटहरी–९ कपील घिमिरे, इटहरी–५ ज्योति माविका पूर्व प्रअ भैरव सापकोटा र इटहरी–६ का गणेश गुरुङको घरमा पुगेर हौसला प्रदान गरे ।