मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–३, ६,७ र ९ का विपन्न परिवारलाई लेखनाथ पुस्तकालय तथा वाचनालयले खाद्यान्न सामग्री वितरण गरेको छ । 

३० घरपरिवारलाई रिड नेपाल काठमाडौंको आर्थिक सहयोगमा पुस्तकालयले खाद्यान्न वितरण गरेको अध्यक्ष गोविन्द बस्नेतले जानकारी दिए । कोभिड १९ को महामारीका कारण समस्यामा परेका दलित, विपन्न, एकल महिला, अपाङ्गता भएका परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सामग्री दिइएको थियो । 

वडा कार्यालयहरूको समन्वयमा आवश्यकता पहिचान गरी खाद्यान्न दिइएको ३ नम्बरका वडाध्यक्ष खगेन्द्र मादेनले जानकारी दिए । पुस्तकालयले चालम, दाल, तेल, नुनु, मास्क तथा साबुन दिएको हो ।