धरान । निर्वाचन आयोगमा दल दर्ता भएको नेकपा एमालेबाट विभाजित माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीले मोरङको विराटनगरमा भेला गरेको छ । 

पार्टी दर्ताका लागि पहल थालेलगत्तै विराटनगरमा भेला गरिएको हो । समाजवादीसँग समर्थित नेता कार्यकर्ता तथा पेशाकर्मीको भेलामा सहभागी वक्ताले पार्टी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकाले अर्को पार्टी निर्माण गर्नुपरेको बताएका थिए । 

समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बदनाम गर्ने एवम् समाप्त पार्न कोशिस भएपछि बाध्य भएर विद्रोह गरिएको बताए । उनले पार्टीले वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने पनि बताए । 

भेलामा हिक्मत बस्नेत, सञ्जु साह, भीम बस्नेत, देवी पन्थी, कोषराज न्यौपाने, डा. उद्धव पोखरेललगायत पार्टीका प्रदेश कमिटी सदस्य मणि दाहाल,  लोचन राई, मृत्युञ्जय झा, जिल्ला कमिटीका अध्यक्ष चन्द्रवीर राई,  महानगर अध्यक्ष पारुल क्षेत्री, अनेरास्ववियुका सहअध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा विचार राखेका थिए ।