पथरी । नेपालल आदिबासीजनजाति पत्रकार महासंघ (फोनिज) को २२ औं स्थापना दिवसको अवसरमा १ नम्बर प्रदेश समितिले १० लाखको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ । 

बिहिबार फोनिज १ नम्बर प्रदेश समितिले भर्चुअल(जुम)प्रविधिको माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रममा अक्षयकोष घोषणा भएको हो । फोनिज १ नम्बर प्रदेश समितिले उत्पीडित आदिबासी समुदायको भाषा, लिपी, संस्कृति, शिप, आर्थिक जीवन लगायतबारे समाचार उत्पादन तथा प्रकाशन/प्रसारण गर्ने पत्रकारलाई बार्षिक रुपमा सम्मान गर्न १० राख राशीको “आदिबासीकलम सम्मानअक्षयकोष” स्थापना गर्ने घोषणा भएको छ ।

प्रदेश समितिले प्रस्ताव गरेको कार्यक्रममा फोनिज संघीय सचिव कमन देवानले २० हजार, प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले १० हजार, उपाध्यक्ष भूमिका फियाक लिम्बू, महासचिव बिदुर खवास, कोषाध्यक्ष शुसन राईले पाँच, पाँच हजारको दरले अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा भएसँगै ४५ हजारको प्रतिबद्धता ब्यक्त भएको छ ।

कोषमा संघीय संगठन सचिव मिलन लिम्बू, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भीषण राई, १ नम्बर प्रदेश समिति उपाध्यक्ष हिमाकुमारी चेम्जोङ लिम्बू, संघीय प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिलकुमार लावति, फोनिज लाम जिल्लाअध्यक्ष राम योङहाङ, मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लगायतले अक्षयकोष पुरा गर्न रकम जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आदिबासी जनजाति समुदायको संमृद्धि चाहने ब्यक्ति तथा संस्थाहरुसँग सहकार्य गर्दै अक्षयकोष पुरा गर्ने प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले बताए । 

शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ, केन्द्रीय सचिवहरु, १ नम्बर प्रदेश इन्चार्ज दिपिन राईलगायतका अतिथिहरुले शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा संगठनका केन्द्रीयअध्यक्ष डण्ड गुरुङले नेपालका आदिबासीजनजातिहरुलाई सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा एकपछि अर्को सफलता मिल्दै गएको बताए । 

नेपालमा समानुपातिक, समाबेसी राज्य व्यवस्थाकायम गर्न आदिबासी पत्रकारहरुले निरन्तर कलम चलाउनु पर्ने अध्यक्ष गुरुङको भनाइ थियो । गुरुङले संगठनको स्थापनाकालको स्मरण गर्दै हाल स्थापित केही पत्रकारहरु आदिबासी जनजाति पत्रकारमा संगठित हुन प्रस्ताव गर्दा भाग्ने, वचन लाउनेहरु अहिले आएर फोनिजसँग नजिक हुन, जोडिन तिव्र चाहना राख्ने अवस्थाआएको बताए । 

फोनिज १ नम्बर प्रदेश समितिले नेपालपत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै गतफागुन २१, २२ गते सुनसरीको रामधुनीमा प्रदेश भेला गरेका थिए । उक्त भेलाको उपलब्धीको चर्चा तथा फोनिज संघीय समितिद्वारा आवार्डेड (सम्मानित) पत्रकारहरु, पत्रकार महासंघमा प्रदेश, जिल्ला समितिमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई, फोनिज प्रदेशले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।