बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ विद्यार्थीलाई मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । प्रतिष्ठानमा होहल्ला, झैझगडा गरेको भन्दै जानकारी आएपछि नियन्त्रणमा लिएको सई भेषराज राउतले बताए । 

‘सामान्य झै–झगडा गरेकाको भन्ने सूचना आएपछि नियन्त्रणमा लिइएको हो ।’ सई राउतले भने । 

विद्यार्थीलाई प्रतिष्ठानको होस्टलबाट नियन्त्रण लिएको सई राउतले जानकारी दिए । विद्यार्थीको विस्तृत विवरण भने प्रहरीले जानकारी दिएको छैन ।  

समाचार स्रोतका अनुसार विद्यार्थीले मादक पदार्थ सेवन गरी होहल्ला र  झै–झगडा गरेको बताइएको छ । तर, प्रहरीले भने के कति कारणले पक्राउ गरेको भन्ने खुलाएको छैन ।