धरान उपमहानगरपालिका ८ तिनकुनेबाट प्रतिबन्धित औषधीसहित  १ जना पक्राउ परेका छन् ।
अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधीसहित धनकुटा सागुरगढी नगरपालिका–९ बस्ने २१ बर्षीय सुजन लिम्बुलाई पक्राउ गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ । 

कार्यालयका अनुसार गयराती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउँदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी ट्रमाडाेल ६६० ट्यावलेट, स्पास्पेन ७७० ट्यावलेट बरामद भएकाे थियाे । 

बरामद प्रतिबन्धित औषधीसहित पकेाउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।