श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन ८ गते शुक्रबार, २३ जुलाई २०२१ । राक्षसनाम संवत्सर, असार शुक्लपक्षको चतुर्दशी तिथि १०ः५५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वषाढा १४ः३५ बजेसम्म, उप्रान्त  उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यले साथ देला । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको समय उत्तमसिद्ध हुनेछ । छोटो दूरीको सुखद् यात्रा हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको बोलीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला । समय उत्तम रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको लागि आजको दिन अनुकूल नरहला । अनावश्यक यात्रा तथा खर्च हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । व्यर्थको कार्यमा आफ्नो ऊर्जा र धन खर्च हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायमा लाभ प्राप्त होला । धनलाभ तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य सिद्धि होला । मान सम्मानमा वृद्धि हुनेछ । उच्च अधिकारीबाट सम्मान मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रातः समयमा सानोेतिनो समस्यामा अलमलिनुपर्ला । थालेको काम दोहो¥याउनु पर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुने देखिन्छ ।