धरान चतरा सडक खण्डको चतरा बसपार्क नजिक लालबस्ती सडकमा पिकअप भ्यान दुर्घटना भएको छ । 

प्रदेश १ ०२ ००२ च ४२५७ नम्बरको कुखुराको चल्ला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा ६० हजार मूल्य बराबरको कुखुराको चल्ला नष्ट भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । 

प्रहरी निरीक्षक पाण्डव राजबङ्शीका अनुसार पिकअप भ्यान सुनसरीको पकलीबाट उदयपुरको रामपुरतर्फ जाँदै थियो । 

चारआलीबाट १ हजार थान कुखुराको चल्ला र दाना लिएर आइरहेको भ्यान लालबस्ती सडकमा टायर पड्किदा बीच बाटोमा दुर्घटना भएको हो । 

गाडीको टायर पड्किदा चालक बेलका नगरपालिका ९ का विकास बस्नेतको देब्रे घुडामा चोट लागेको छ । 

गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।