श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल असार १५ गते मब्गलबार, २९ जुन २०२१ । राक्षसनाम संवत्सर असार कृष्णपक्षको पञ्चमी तिथि १३ः४२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र शतभिषा १ः१८ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक यात्राको योग रहेको छ । आँटे ताकेका कार्यहरू पूर्ण हुँदै जानेछन् ।

मिथुन (का, कि, कु, घ, ब, छ, के, को, ह)
पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । छोटो दूरीको यात्रा हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दूध तथा कृषिजन्य व्यापार–व्यवसायबाट मनग्य आम्दानी होला । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ । चिताएको कामहरू बन्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ । रोकिएका काम बन्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । अध्ययनमा रुचि नहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । घरपरिवारमा कलह बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामहरू बन्दै जानेछन् ।

ज्यो.पंः मोहन घिमिरे
मो.नंः ९८१०४२५२५१