विजयपुर। तायुछाङ लामा ‘किरण’ को भोजपुर गोगने आसपास क्षेत्रलाई समेटिएको ‘भोजपुर गोगने’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।

मङ्गलबार किङ स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गीतकार किरणको शब्द रहेको गीतमा गायिका बबिना किराती र मनोज साङ्गन राईको स्वर रहेको छ ।

गीतमा सङ्गीत संयोजन मनोज साङ्गन राईले गरेका छन् । उनले आफ्ना स्व. पिता सुवास तामाङको नाममा गीत निर्माण गरेको बताएका छन् ।

उनले गीतमा टेम्के, पाँचधारे, लेखर्क, कोट र ओख्रे, चखेवा, पिखुवा, गोगने, सिक्तेल खोलालगायतका क्षेत्रलाई समेटेको बताएका छन् । उनले दर्जनौं आधुनिक तथा जनवादी गीत लेखेका छन् ।