वराहक्षेत्र/गैर कानुनी वन्य जन्तु हरिणको शिकार गर्ने दुई जना लाई प्रहरीले पक्राउ गरेको छ ।

वराहक्षेत्र नगरपालिकाको वार्ड नं २ रेलवेलाइन वाट वर्ष २५ का एसुब र सागर मगर लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पांडव राजवंशीले बताए ।

शुक्रबार बिहान साढे छ वजे स्थानिय निरज घिमिरेको घरमा हरिण मारी ल्याई काटिरहेको सुचना पाएर गएको प्रनीको कमाण्डमा गएको प्रहरी टोलीले तत्काल घिमिरेको घरको भान्सा कोठा वाट मगर द्वय लाई पक्राउ गरिएको थियो ।

उनीहरुको साथ ३ नाल भरुवा बन्दुक, १०० ग्राममा बन्दुकमा लाग्ने बारुद, एक वटा हरिणको टाउको, सिङ्ग र लुकाई राखेको १२ किलो हरिणको मासु बरामद गरिएको प्रनी राजवंशीले बताए ।

थप कार्यवाही को लागि ईलाका प्रहरी कार्यलयमा ल्याई अनुसन्धान भईरहेको छ । भने आइतबार उनीहरुलाई हातहतियार तथा खरखजाना ऐन अनुशार मुद्दा चलाईने राजवंशीले जानकारी दिएका छन् ।

उनीहरुलाई वन कार्यलयले समेत अवैध शिकारको आरोपमा मुद्दा ,वन्यजन्तु चोरी शिकारी अन्तर्गत मुद्दा चलाउने भउको , नडाहा सब डिभिजन वन कार्यलयका रेन्जर लेखनाथ भण्डारीले बताए ।

वनमा अवैध रुपमा वन्य जन्तुको शिकार हुने गरेको जानकारी भएपनि डेढ वर्षको मेहनेतमा प्रहरीको सहयोगमा शिकारी मगरद्वय लाई पक्राय गर्न सफल भएको भन्दै, प्रहरीको पक्राउ टोलीमा नडाहा र वार्ड २ को बराह सब डिभिजन वन कार्यलय सहभागि भएको भण्डारीले बताए ।