इलाममा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई दाउले घाँटीमा काटेर हत्या गरेका हुन् ।

भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका–४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो ।

घटना घरायसी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।