भण्टाबारी / पछिल्लो समय गाँजा तस्करहरूका लागि सुनसरी जिल्ला 'ट्राञ्जिट एरिया’ बनेको छ । जिल्लाका विभिन्न सीमा नाका हुँदै भारततर्फ गाँजा तस्करी गर्नेहरूले सुनसरीलाई ट्राञ्जिट बनाएका हुन् ।

जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट भारततर्फ गाँजा तस्करी हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि निगरानी बढाएको प्रहरीले दाबी गरेपनि सुनसरीलाई ट्राञ्जिट बनाएर भारतीय सीमा कटाउने सिलसिला जारी छ । पूर्वी पहाडी जिल्लाबाट विभिन्न माध्यमबाट ल्याइने गाँजा रातिको समयमा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै भारततर्फ कटाउने गरिएको छ ।

सीमानाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गर्दै आएका छन् । कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको १० दिन बित्न नपाउँदै गत मब्गलबार भोक्राहा  नरसिंह गाउँपालिका–८ स्थित उल्टीबाट ठूलो परिणाममा गाजा बरामद भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको दशगजा क्षेत्रबाट प्रहरीले १ सय २ केजी गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल उल्टी बिओपीका इन्स्पेक्टर महेशविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले मकैबारीबाट ५ बोरा गाँजा बरामद गरेका थिए । स्थानीय बासिन्दाहरूका अनुसार २ बोरा गाँजा भने तस्करहरूले भारतीय सीमा कटाएका थिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली पुग्दा तस्करहरू भारततर्फ तस्करी गराउन तयारी अवस्थामा राखेको गाँजा छाडेर भाग्न सफल भएका थिए ।

लगत्तै गाँजा तस्करी भइरहेको सूचनाको आधारमा घटनास्थल पुगेको सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकी सिसुवाबाट खटिएको टोलीले प्लाष्टिकमा बेरेर राखेको अवस्थामा गाँजा बरामद गरेको थियो । जेठ १६ गते भण्टाबारी नाका हुँदै भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गाँजा सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा गाँजासहित एक जनालाई नियन्त्रणमा  लिएको थियो । एम्बुलेन्समा गाँजा ल्याइएको स्रोतले बताए पनि सुनसरी प्रहरीले यसबारे तत्कालै केही प्रतिक्रिया दिएन । जबकि अनुसन्धानका नाममा एउटा एम्बुलेन्सलाई बिहानदेखि दिउँसोसम्म सीमा प्रहरी चौकी भण्टाबारीमा राखिएको थियो । सो एम्बुलेन्सबारे जिज्ञासा राख्दा स्थानीय प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको बताए पनि उक्त एम्बुलेन्सबारे छानबिन नै

नगरी छाडिएको स्रोतको दाबी छ । एम्बुलेन्स प्रयोग गरेर तस्करहरूले गाँजा ओसार–पसार गर्दै आएको बारे प्रहरी जानकार हुँदाहुँदै नियन्त्रणमा लिएरको एम्बुलेन्स कसरी छाडियो भन्ने विषयमा अहिले प्रश्न उब्जिएको छ । गाँजा ओसार–पसारमा प्रयोग भएको एम्बुलेन्स र त्यसका चालक बारे सुनसरी प्रहरीले अनुसन्धान नगरेकोमा स्थानीय बासिन्दाले प्रश्न गर्न थालेका छन् । सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन सइलाई सरुवा गराउँदै घटनाबारे यथार्थ कुरा लुकाउने खेल भइरहेको स्रोतको आरोप छ । २९ जना पक्राउ, ७ सय ५६ केजी गाँजा बरामद जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक

वर्षको हालसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ५६ केजी गाँजा बरामद गरिएको छ । गाँजा तस्कर गरेको, ओसार–पसार र बिक्री वितरण गरेको आरोपमा २९ जना व्यक्ति पक्राउ परेका छन् । साउन १ गतेदेखि बिहीबारसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ५६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नरेन्द्र कार्कीले बताए । उनका अनुसार गाँजासँग सम्बन्धित २६ वटा मुद्दा दर्ता भएकोमा २९ जना व्यक्ति पक्राउ परेका छन् । जेठ १६ गते भण्टाबारीबाट बरामद भएको गाँजा एम्बुलेन्समै ल्याइएको भएपनि कुन एम्बुलेन्समा ल्याइयो भन्ने पहिचान हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको बताउँदै डिएसपी कार्कीले केही दिनमै गाँजा बोक्ने एम्बुलेन्सको पहिचान हुने दाबी गरे । उनले जिल्ला प्रहरी कार्यालय सुनसरी गाँजा नियन्त्रण तथा रोकथामका लागि लागिपरेको बताए । उनले प्रहरीमाथि लगाइएका आरोप निराधार भएको बताए । गाँजा मुद्दामा नाम मुछिएका केही आरोपित फरार रहेकाले तिनीहरूलाई समेत पक्राउ गर्न विशेष टोली परिचालन गरिएको बुझिएको छ ।

कोशी गाउँपालिका–८ स्थित राजमार्गको दक्षिणपट्टि रहेको पानीट्याब्कीको नजिक प्लाष्टिकले बेरेर राखिएको ६ थान शब्कास्पद बोरा फेला पारी चेकजाँच

गर्दा १ सय ६५ केजी गाँजा बरामद गरिएको बारे नियमित प्रेस रिलिजमार्फत् जानकारी गराइए पनि प्रहरीले गाँजा तस्करीमा संलग्न सवारीसाधनका बारेमा केही खुलाउन चाहेनन् । गाँजा धनीबारे खोजतलास गर्ने क्रममा कोशी गाउँपालिका–८ का ४० वर्षीय गणेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइए पनि उनी भरिया मात्र रहेको बुझिएको छ । केही समयअघि सशस्त्र प्रहरीले भण्टाबारीबाटै ४९ केजी गाँजा बरामद गरेको थियो । भण्टाबारीकै केही तस्करहरूले स्थानीयदेखि जिल्ला र प्रदेशसम्मका प्रहरी अधिकृतलाई मोटो नजराना बुझाई तस्करी गराउने गरेको स्रोतको आरोप छ । केही समय पहिले गाँजा मुद्दामा आफ्नो नाम रहेको थाहा पाएपछि एकजना तस्करले मोटो रकम बुझाई आफ्नो नाम कटाउन सफल भएको स्रोतको दाबी छ । गत माघ २२ गते मध्यरातको समयमा को.१ च ९८५२ नम्बरको स्कारपियोबाट सुनसरी प्रहरीले २ सय ५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । केही समयअघि बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ल्याउँदै गर्दा धरानबाट प्रहरीले गाँजासहित दुई जनालाई १ सय केजी गाँजासहित पक्राउ गरेको थियो ।

कोशी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट भारततर्फ गाँजा तस्कर हुने गरेको छ । कोशी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरी हुँदैसो गाँजा भारततर्फ तस्करी गर्नेगरेका छन्