धरान/मोरङको विराटनगर महानगरपालिका–८ अमरटोलको एक घरबाट नगदसहित चाँदीको सिक्री चोरी गरेको आरोपमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

बुधबार बिहानको राति करिब २ बजेतिर राजकुमार श्रेष्ठको घरबाट नगद ५० हजार र तीन तोला बराबरको चाँदीको सिक्री चोरी गरेको आरोपमा सोही वडाका २२ वर्षीय अनिलकुमार यादवलाई पक्राउ गरेको हो । यादवलाई बिहान १० बजेतिर घरबाटै पक्राउ गरिएको थियो । प्रहरीले नगद ५० हजार र चाँदीको सिक्री पनि बरामद गर्न सफल भएको छ । उनलाई चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।