धरान । मोरङको केराबारी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरिएको छ । 

स्थानीयका अनुसार केराबारी गाउँपालिका–९ कुसुमे भन्ने स्थानको एक घरबाट बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बू पक्राउ परेका हुन् । 

हाल अनुसन्धान भइरहेकाले प्रहरीले यसबारेमा थप बताउन चाहेको छैन । विशेष सूचनाको आधारमा पदमबहादुरलाई पक्राउ गरिएको भए पनि प्रहरीले अनुसन्धान जारी रहेकाले थप कुरा बताउन चाहेको छैन । ‘अहिले अनुसन्धान जारी रहेकाले केही समयपछि जानकारी गराउने छौं’ इलका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले भने । 

इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख शेरबहादुर पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बुझिएको छ ।