विराटनगर/  एक जना मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको दुर्घटनामा प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्की पक्राउ परेका छन् ।

कार्कीलाई आइतबार अपराहन्न विराटनगरको बरगाछी घरदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

पक्राउ परेका कार्कीलाई प्रहरीले अहिले मोरङ अदालतमा म्याद थप गरिन लगिएको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गर्ने भएको छ ।

‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गरिन अदालत लिएका गएको छ,’ एसपी खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’

बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको  कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।