सिरहा। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित एक व्यवसायी माथि आज शनिवार राति ८:२० बजेको समयमा  अज्ञात समूहद्धारा गोली प्रहार भएको छ ।  

मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालक ३९ वर्षिय रामसागर साफीमा पसलमै ३र४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको हो ।

साफीको  दाँया खुट्टा र हातमा गोली लागेर घाइते भएको छन्  । उनको उपचार मिर्चैया नगरपालिका वडा नं.६ स्थित मङ्लम हेल्थकेयरमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा  लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौकाछोपी उनीहरुले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाएको छ ।  

यता,सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले बताएको छ । उनीमाथि  यस अघिपनि आक्रमण भएको बताइएको छ । 

आक्रमणको घटनापछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजीकै घटना हँुदा पनि प्रहरीले जानकारी नपाउनु दुखद भएको स्थानीयको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनरचार जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुने भन्दै उनीहरुको नाम बताउन चाहेनन् । 

अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेकजाँच तिव्र बनाएको प्रहरीले जनाएको छ ।