विराटनगर/ कमाउ धन्दामा लागेका नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव विरेन्द्र कुमार झाले होलसेल औषधी पसल खोलेर औषधीको अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकतालाई औषधी बिक्री बितरण गर्ने गरेको पाइएको छ । 

उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ मा गोपिकृष्ण मेकिडल हल औषधीको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अुचित रूपमा औषधी बिक्री वितरण गर्ने गरेको पाइएको हो । 

संघका महासचिब रहेका झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन  नामको औषधी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको फेला परेको ओषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

यी तीन वटा औषधी मिलाएर दुव्र्येसनीहरूले लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । 

प्रिगाभालिन नशा च्यापिएका विरामीले प्रयोग गर्दछन् । यस्तै ट्रामाडोल क्यान्सका विरामीले दुखाइ कम गर्न र  डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न विरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

तर, कमाउ धन्दामा लागेका औषधी व्यवसायी संघका महासचिब झाले महंगो मूल्य दुव्र्येसनीलाई दिने गरेको भेटिएको विभागका प्रमुख शर्माले जानकारी दिए । झाको पसलदेखि औषधी खरिद गर्ने लागूऔषध दुव्र्येसनीलाई पनि विभागले बिहीबार पक्राउ गरेको छ ।

विभागले उदयपुरको बेलका नगरपालिकाको १८ वर्षिय पर्शुराम दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेका दर्जी लागूऔषध प्रयोगकर्ता हुन् । दर्जी पक्राउ परेपछि संघका महासचिब झाले औषधीको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो । 

लागूऔषध प्रयोगकर्तालाई औषधीको अनुचित प्रयोग गर्दै बिक्री गर्ने झाको पसल अर्को निर्णाय नभएसम्मको लागि शिलबन्दी र उनलाई औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ अनुसार कारवाहीको दायरमा ल्याउने निमिक्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए ।

महासचिब झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महंगो मूल्य लिएर औषधी बिक्री वितरण गरेको विभागले जनाएको छ । 

यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधीको अनुचित प्रयोग गर्दै बिक्री वितरण गर्ने गरेको भेटिएको थियो । विभागले यसअघि पनि झाको पसललाई निलम्बन गरि कारवाही गरेको थियो । 

१८ वटा पसलमा अनुगमन, ६ वटा फार्मेशी शिलबन्दी

औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बेगारको ६ वटा औषधी पसल शिलबन्दी गरेको छ । उदयपुर, सुनसरी र सप्तरीको १८ वटा पसल बिहीबार अनुगमन गरेको मध्ये ६ वटा फार्मेशी शिलबन्दी गरेको हो । 

शिलबन्दी गरिएको विभागमा दर्ता बगेरा संचालन गरेको, ठाउँ सारी नगरिएको र व्यवसायी नभएको पसल विभागले शिलन्दी गरेको छ । 

विभागले उदयपुरको बेलका नगरपालिका – ४ मा रहेको संजिवनी मेडिकल हल,  सोही ठाउँमा रहेको सरिता उपचार केन्द्र, उदयपुरको रामपुरमा रहेको बरहाक्षेत्र फार्मेशी, सोही ठाउँको सामुदायिक अस्पताल परिसर भित्र नाम नखुलेको फार्मेशी, सप्तरीको फतेपुर नगरपालिको अनकुल औषधी पसल शिलबन्दी गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले जानकारी दिए । 

संजिवनी मेडिकल हल औषधी व्यवस्था विभागमा दर्ता भए पनि व्यवसायी नभएको प्रमाण पत्र नभएका कारणले शिलबन्दी गरि विभागमा उपस्थित हुन निर्देशन गरेको छ । यसैगरि बेलका ४ मा रहेको उपेन्द्र यादवले संचालन गरेको बिना दर्ताको फार्मेशी शिलबन्दी गरेको छ ।

यस्तै बरहाक्षेत्र फार्मेशीले विभागले सुनसरीमा अनुमति लिएर ठाउँ सारी नगरी उदयपुरमा औषधी पसल संचालन गरेको भेटिएको कारणले बन्द गरिएको विभागले जनाएको छ । 

यस्तै रामपुर सामुदायिक अस्पताल परिसर भित्र नाम नखुलेको फार्मेशीमा विभागमा दर्ता नभएको र  कक्षा ११ पढदै गरेको व्यक्तिले औषधी बिक्री वितरण गरेको भेटिएको थियो ।

सप्तरीको फतेपुर नगरपालिको अनकुल औषधी पसलमा व्यवसायी नभएको कारणले विभागले शिलबन्दी गरेको जनाएको छ । उक्त पसलमा विभागबाट एल्लोपेथी औषधी बिक्री वितरण गर्ने अनुमित लिएको छ ।

तर, धेरै परिमाणमा आर्युवेद औषधी संचय गरेको भेटिएको थियो । अनुगमनको क्रममा विभागले यस पसलदेखि बिर्ना दर्ताको सेनिटाइजर र ठूलो परिमाणमा खाद्य पुरक सामाग्री पनि बिक्री वितरण गरेको भेटिएको कट्टेलले जानकारी दिए ।

शिलबन्दी गरिएको पसललाई विभागले एक हप्ता भित्रमा सम्पूर्ण कागजपत्र लिएर उपस्थित हुन निर्देशन पनि दिएको छ । पछिल्लो समय दर्ता बेगारको फार्मेशी खोलेर औषधीको अनुचित रूपमा प्रयोग र कालोबजारी हुने गरेको पाइएपछि विभागले अनुगमनलाई तिव्रता दिएको कट्टेलले जानकारी दिए ।