धरान । वनमा शिकार खेल्ने क्रममा आफ्नै साथीको हत्या भएपछि फरार बनेका चारजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । 

केराबारी गाउँपालिका ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । 

वैशाख ८ गते हस्तकुमार राई, रुविन लिम्बू, गजेन्द्रबहादुर राईसहित १० जना वनमा शिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको थियो । मृत्युपश्चात् फरार रहेकामध्ये चारजनालाई नियन्त्रणमा लिइएको हो । दुईजनालाई घटनाको भोलिपल्टै पक्राउ गरिएको थियो । उनीहरू केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएका थिए ।