झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले छाक टार्न समेत समस्या झेल्दै आएकी फूलमाया हस्ताको ८० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । 

संस्थाले बाह्रदशी गाउँपालिका –७ डाँगीवारीकी विपन्न परिवारकी फूलमायाको ऋण मिनाह गरेको हो ।

संस्थाले कोरोना महामारीका कारण भएको लकडाउन, बन्द र श्रीमानको मृत्यु भएर समस्यामा परेकी फूलमायालाई ऋण मिनाह गरेको संस्थाका लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । 

संस्थाले गाउँपालिकाकी उपाध्यक्ष  रत्नकुमारी राजवंशी मार्फत  फूलमायालाई ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाइएको छ । संस्थाले सरकारले तोकेको स्वास्थ्यको मापदण्ड पूरा गर्दै फूलमायाको घर आँगनमै पुगेर रकम हस्तान्तरण गरेकोे हो । 

रकम हस्तान्तरण कार्यक्रममा सेवा केन्द्र प्रमुख भारती, समुह प्रवर्धक टीकामाया खड्कासहित गाउँपालिकाका उपाध्यक्ष राजवंशी पिडित परिवारकोमा पुगेर ऋण मिना गरेको बताइएको छ ।