कृषि क्षेत्रमा वराहक्षेत्र नगरपालिकाले कसरी काम गरिरहेको छ ?

– वराहक्षेत्र नगरपालिका कृषि क्षेत्रमा अत्यधिक सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्र कृषि विकासका लागि उर्वर र योग्य क्षेत्र हो । नगरले कृषकहरुलाई उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार अघि बढेका छौं । कृषि क्षेत्रमा यहाँ भइरहेको उत्पादनलाई कसरी बढाउने भन्ने नगर र कृषि विकास शाखाको योजना छ । त्यसका लागि साना सिंचाइका कार्यक्रम, यान्त्रीकरणलाई विशेष जोड दिएर कार्यक्रम अघि बढाएका छौं । पकेट क्षेत्र विस्तारका कार्यक्रमलाई पनि जोड दिएका छौं । तरकारी बालीलाई प्रवद्र्धन गर्न बिउ वितरण गर्ने कार्यक्रम ल्याएका छौं । मकै बालीको विस्तारका लागि बिउ वितरणको कार्यक्रम ल्याएका छौं ।

मकै बाली प्रवद्र्धनका लागि ‘वसन्ती’ मकैको बिउ १० हजार केजी वितरण गर्यौं । प्रतिकेजी १०० रुपैयाँ दरले अनुदानमा वितरण गर्यौं । 

५०७ थान स्प्रेट्याङ्की वितरण गरेका छौं । भकारो सुधारको कार्यक्रमहरु ल्याएका छौं । धानको बिउ वितरणका कार्यक्रम ल्याएका छौं । 

पकेट क्षेत्र कार्यक्रम कुनकुन क्षेत्रमा सञ्चालित छन् ? 

हामीले च्याउको  पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेका छौं । विशेष गरी वराहक्षेत्र नगरपालिकाको ३ नं. वडामा कार्यक्रम सञ्चालित छ । नगरको वडा नं. ८, ९ र १० नम्बरमा तरकारी खेती गरिएको छ । सूर्यमुखी फूल अधिकांश कृषकहरुले गरेका छन् । सूर्यमुखीका लागि नगरको ८, ९, १० र ११ वडामा खेती भइरहेको छ । 

कृषि क्षेत्रको विकासका लागि बजेट विनियोजन र साझेदारहरुको अवस्था कस्तो छ ?

चालु आर्थिक वर्षमा वराहक्षेत्र नगरपालिकाले २ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  सशर्त अनुदानअन्तर्ग संघीय सरकारबाट पकेट प्रवद्र्धन कार्यक्रमलगायतमा बजेट विनियोजन भएको छ । मकै प्रवद्र्धनका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ भने धान प्रवद्र्धनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि प्रवद्र्धनका लागि नगर प्रमुख समेत चिन्तित र सकारात्मक हुनुहुन्छ । योजना प्राथमिकीकरण गर्दा कृषि क्षेत्रलाई नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कृषिमा नमूना काम कसरी गरिरहनु भएकाे छ ?

हामीले कृषि फार्महरुको विकास, विस्तार र प्रवद्र्धनलाई प्रोत्साहित गरिरहेका छौं । नमूना कृषि फार्म सञ्चालित छन् । धान, मकै खेतीलाई प्रवद्र्धन गरिरहेका छौं । यान्त्रीकरणमा जोड दिएका छौं । कृषकलाई प्राविधिक सहयोग र परामर्श उपलब्ध गराएका छौं । तरकारी खेतीमा नगर आत्मनिर्भरताको नजिक छ । अन्य कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउन प्रयासरत छौं । 

Tulasa_limbu2

Tulasa_limbu3

fadindra bhattarai

krishi-barahakshetra