विराटनगर ।   गायक पृथ्वीमान लिम्बुले आफ्नै शब्द तथा स्वर रहेको ‘आदाङ्बे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले नयाँ वर्षको अवसर पारेर उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरेका हुन् । 

गायक लिम्बुले  यसअघि पनि पुर्वेली लोक भाकाको ‘‘मिरमिरे विहानी’ बोलको म्युसिक भिडियो सार्वजनिक गरिसकेका छन् । लिम्बु पेशाले राष्ट्रसेवक भएतापनि आफ्नो बचेको समयलाई गीत, संगित, साहित्य, कला र समाजसेवामा समर्पित गरेका छन् । गीतको भिडियोमा लाहुरे संस्कृति भित्रको माया, प्रेम, मिलन र विछोडलाई देखाइएको छ । गीतको भिडियो निर्देशन दिनेश माङ्मुले गरेका हुन् । भिडियोमा गायक पृथ्वीमान, विशाल सेनेहाँङ र सबु तामाङको मुख्य अभिनय रहेको छ भने राजेश, विशाल, माङ्कल, सन्जय, मुना, सुमिनाको साहायक भुमिका रहेको छ । यसको छाँयाकन ज्ञानेन्द्र शर्माले काब्रेपलान्चोकमा गरेका हुन् ।