झुकाएरै कतिले लुट्नु लुटे,

टँसाएरै कतिले चुस्नु चुसे ।

घुनले भित्र भित्रै सके झैँ

यहाँ खोक्रो पारिसके ।

देश दुब्लाएर  के भो र १

सब् भरभराउँदा, मोटाघाटा भईसके ।

अस्ति चप्पल फट्काएर हिडनेहरु,

आज कत्रा पदहरु हत्याईसके ।

हिजो दुई छाक धान्न गार्हो हुनेहरु,

कुम्ल्याएर अकुत सम्पति

आलीशान महल ठड्याईसके ।

तर,

तेरो फोस्रो आडम्बर चाहिँ जिउकोत्यू छ ।

कहिले थाक्छस् रु कहिले बद्लिन्छस् ?

स्वाभिमान१ तँ चाहिँ किन झुक्दैनस् ?


चाप्लुसी कत्ति सिकाए यसलाई ।

बोली पिच्छे ज्यू, हजुर भन्न लगाए ।

शरीर नै थर्थराए झै,

अभिनय गर्न पनि सिकाए ।

हाकिमको अघाडि पछाडि गर्न पठाए  ।

लाज, घिन, शरम सब दबाउन लगाए ।

तर अचम्भ  ! अचम्भ  !

नाटक गर्नै जानेन रे,

उसलाई अप्ठ्यारो भोझ रे,

आफै तल गिरे तुल्य भोञ रे ।

रातभर निदाउनै सकेन रे ।

उफ् ! उफ्  !

ऊ शिर निहुराउन जान्दैन रे ।

मर्छ अरे तर झुक्दैन रे ।

यत्रो वर्ष कमाएको उसको

त्यही स्वाभिमान मात्रै त हो रे ।

अन्तत : हारेर म, 

टाउकोमा दुबै हात थमाए ।

आँखामा मेरा टिलपिल आँशु रसाए ।

लामो सास फेरे 

तर, 

फेरि सोध्नै सकिन उसलाई,

स्वाभिमान ! तँ किन झुक्दैनस् ?


      डा. सूरज निरौला

(वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरान)