विराटनगर/  गायक सुजन रसाइली र गायिका मेलीना राईको स्वर रहेको ‘तिमी भन्दा धेरै माया गर्छु..... बोलको म्यूजिक भिडियो सार्वजानिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो युट्युवमार्फत सार्वजानिक भएको हो ।

गायक रसाइलीको स्वर र संगीत रहेको गीत अहिले युवा पुस्ताको माया प्रेममा आधरित गीतलाई उत्कृष्ट ढंगले निर्देशन गरिएको छ । फिरज अपर्णले उक्त म्यूजिक भिडियोको निर्देशन र सम्पादन गरेका हुन् । सो गीतको म्यूजिक भिडियो काठमाण्डौ र पूर्वको पर्यटकीय स्थलहरूमा छायाँकन गरिएको छ । यो गीतको एरेन्ज संजिव बराइलीले गरेका छन् । केही दिन अगाडी युट्यवमा अपलोड गरिएको उक्त गीत स्रोता दर्शकले अत्याधिक रुचाइदिएका छन् । म्युजिक भिडियोमा सुजन रसाइली र उषा उप्रेतीले अभियन गरेका छन् ।