बेलबारी / लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहको नयाँ कार्यसमितिको नेतृत्व सुजय गौतमले पाएका छन् । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समूहको मङ्गलवार सम्पन्न निर्वाचनबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन ।

मङ्गलबार भएको मतदानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका उपभोक्ताहरू विजयी भएका छन् । अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष र सभामुख पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षमा गोला प्रथाबाट छानिएको छन् ।

उपाध्यक्षका लागि भएको मतदानमा बराबरी मत आएको थियो । उपाध्यक्षका लागि सत्तरी चौधरी र जितेन्द्र न्यौपाने चुनावी मैदानमा होमिएका थिए । दुवै जानले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट न्यौपाने विजयी बनेका हुन । सचिवमा चन्द्रकला राई गुरुङ निर्वाचित बनेकी हुन् ।

कोषाध्यक्षमा तेज बहादुर दाहाल निर्वाचित भए ।  अन्य सदस्यहरू भने सर्व सम्मति बाट निर्वाचित गरिएको थियो । निर्वाचित भएका मध्ये उपाध्यक्ष न्यौपाने काँग्रेसका हुन भने अरू सबै नेकपा एमाले र माओवादीका हुन ।