मधुमल्ल । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वनले वन क्षेत्रलाई व्यवस्थीत गर्ने  उदेश्यले अनावश्यक झाडी सफाई र बोट पबरुवा गाडमेल कार्य सम्पन्न गरेको छ ।

यस आ.ब.मा करीब ७ हेक्टर क्षेत्रमा झाडि साफाई गरीएको मावा नुनसरी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष जगत बस्नेतले बताए । 

झाडी सफाएले बोट बिरुवा गोडमेल हुनुका साथै बोट बिरुवाको वृद्धी विकाश र नयाँ उम्रने विरुवाहरुका लागि समेत फाइदा पुग्ने बताइएको छ ।

बार्षिका कार्य योजनामा ५ हेक्टर झाडि सफाई गर्ने योजना रहको तर स्थलगत बस्तु स्थीती फरक भएकाले योजना भन्दा बढी ७ हेक्टर क्षेत्रफमा झाडि सफाई गरिएको बस्नतेले बताए । 

वन क्षेत्र भित्र अनवश्यक रुपमा उम्रने  सुमन्दी, बनमारे लगायताका बिभन्नि प्रकारका विरुवाहरुले आवश्यक पर्ने बोट बिरुवाहरुलाई छोप्ने र बोट बिरुवाहरु राम्रो संग बढन नपाउने भएकाले सामुदायिक वनले  बार्षिक निति तथा कार्यक्रममा झाडी ससफाईको कामलाई निरान्तरता दिदै आएको छ । 

अनावश्यक झाडिहरु सफा हने  र बोट विरुवाहरुका लागि सहज रुपमा हावा आवागमन र सुर्यको किरण समेत सहजै विरुवा सम्म पुग्ने भएकाले विरुवाहरुको वृद्धी विकासमा समेत टेवा पुग्ने सा.व. कर्मचारी गोपाल भट्टराईले बताए ।

मावा नुनसरी वन मिक्लाजु्ङ गाउँपालिका क्षेत्रको उत्कृष्ठ वनमा पर्छ । मावा नुनसरी सामुदायिक वनले यस अघी राष्ट्रिय गनणेशमान शिंह पुरस्कार समेत प्राप्त गरि सकेको छ ।