‘जहाँ छोरीको हित, त्यहीँ समाजको जित’ भन्ने नारालाई सार्थक बनाऔं । नारी हक हित र सुरक्षित गर्ने कार्य मञ्चबाट बोलेर मात्र पुग्दैन । प्रजातन्त्रको पुनःस्थापनापछि नेपालमा महिला मन्त्रालय स्थापना भइसकेको छ । नारी दिवसको सार्थकता र त्यस्ता दिवसको औचित्य र महत्व त्यतिबेला हुन्छ, जतिबेला राज्यले यसमा आवश्यकीय सबै मापदण्ड उठाई ठोस कदमको सुरुवात गर्दछ ।

एकदिने शुभकामना र सद्भाव प्रकट गरेर मात्र नारी दिवसको औचित्य पूरा हुँदैन । सधैँ नारी स्वतन्त्रता दिवस मनाऔं । हिंसा बलात्कार र अत्याचारमा आफ्नै नातिनी छोरी, बुहारीलाई बलात्कार र दाइजोको कमीले घरपरिवारले नै बुहारीलाई मार्ने, पाँच वर्षदेखि पच्चीस वर्षका युवतीलाई प्रेम जालमा पार्ने, जागिरको लोभमा बेच्ने जस्ता अमानवीय, अत्याचारको अन्त्य हुँदैन भने त्यहाँ के नारी दिवस ? त्यसैले आ–आफ्नो विचार र सोचाइ हो ।

जबसम्म त्यस्ता कुकर्म, अत्याचारी पाखण्डीपनलाई सरकारले ठोस कदम उठाई फाँसीको सजाय दिँदैन, तबसम्म नारी स्वतन्त्रमा धावा बोल्न सकिँदैन । दैनिक पत्रिकामा एउटा न एउटा बलात्कारको घटना वर्णनका साथ लेखिएको हुन्छ । टेलिभिजन मिडियाले पीडितलाई नाना प्रकारको घाउ कोट्याउने प्रयास गरिएको पाइन्छ । पीडितलाई थप पीडा दिने खालको तरिकाले गरिएको प्रश्नले पीडित थप पीडित भएको स्थिति छ । तर, पीडकलाई चाहिँ त्यसरी उभ्याउने प्रयास गरिएको पाइँदैन । फरक यही छ ।

त्यसैले ‘नारी दिवस कसरी मनाउने ?’ नारी तिमी आज स्वतन्त्र छौं भनेर ? नारी तिमी आज काम नगर भनेर ? वर्षभरि ढलायौं आज नारी दिवस भनेर सम्मान गरेर ? स्वतन्त्र नारी भनी माला, खादा लगाइमा फोटो हालेर ? हिंसा र बलात्कारबाट पीडितलाई न्याय नदिई नारी तिमी पैंतालादेखि शिरसम्म महान् छौ भनेर ? आकाश पातालको पुल बाँधेर नारी तिमी आधा आकाश हौ भनी भाषण गरेर ? एक वर्षको अटुट पत्रिका मसँग छ तर, कुनै पत्रिकामा नारी बलात्कार नभएको छैन ।

बरु एकदिनमा विभिन्न जिल्लामा बलात्कारको घटना खप्टिएर आएको छ, न दोषी खोजिएको छ, न त सजाय नै पाएको छ । दोषी पत्ता लागे पनि बाहिर भगाइएको छ कि अन्त्यमा दोषी नभएको ठहराएको छ । जहिले फेला परे पनि दश हजारमा छुटेका छन् । अनि नारी दिवसमा नारी तिमी आमा हौ, तिमी धर्ती हौ भनी घनघोर आवाजले मैदान थर्काउँछन् ।

घन्किएको जोशलाई स्वागत गर्दै सबैले ताली बजाई उनैलाई सम्मान गर्छन् । नारी दिवस यसरी नै मान्दै आएका छौं । त्यसैले नारी स्वतन्त्रता भनी भोलि नै बलात्कार गरी नारीको खिल्ली नउडाऊ । सधैँ नारी स्वतन्त्रता छ भनी सम्मान गरौं, नारीलाई स्वतन्त्र काम गर्ने आभास दिलाऔं । त्यही दिन नारी दिवस हुनुपर्छ । नारीलाई स्वतन्त्रता दिलाउन सङ्घर्षशील, क्लारा जेटकिनलाई नर्बिसौं, उनलाई सम्मान गरौं ।

अन्तर्राष्ट्रिय नारी दिवस कोपेन हेगनको सम्मेलनमा उनले आवाज उठाएकी थिइन् । त्यसै नारीको आवाज एक दिने तीज दिवसले मात्र पनि पुग्दैन । नारीले आफ्नो भावना अभिव्यक्त गर्न किन तीजै पर्खनु पर्छ ? हुन त ‘तीज पर्व’ को माहोलमा सामाजिक पक्षले महिलाहरूलाई अभिव्यक्तिको एउटा सुरक्षित मञ्च सिर्जना गरिदिन्छ, अनि दुःख–सुखका तीजे गीतमार्फत् अवस्था बदल्न आह्वान गर्छ । त्यस्तै थुप्रै महिला होलान् जो अन्यत्र नउठाइएका मुद्दाहरू प्रष्ट्याउन तीज नै पर्खन्छन् ।

आफूलाई उपभोग्य वस्तुमा सीमित गरी थिचोमिचो गरिएको भावना प्रस्फुटित हुने पूरै एक वर्ष कुर्नुपर्ने महिलाको स्वतन्त्र अभिव्यक्तिका लागि पूजाको बहाना बनाई तीजे गीतकै माध्यमबाट महिला दिदी बहिनीहरू समेट्नु पर्ने उपभोग्य वस्तु, यौन शोषणपश्चात् सार्वजनिक गरे ज्यान मार्ने धम्की, मोबाइलमार्फत् मर्न र मार्न बाध्य तुल्याउने, दाइजोको कमीले दुव्र्यवहारको सामना भोग्न बाध्य हुने, गरिब, अशिक्षित मजदुरी जस्ता अनेक महिलादेखि सम्भ्रान्त परिवारका नारीहरू पनि नहोलान् भन्न सकिन्न ।

त्यसैले तीजलाई नपर्खाैं, त्यो बेलासम्म धेरै छोरीचेलीको अस्तित्व मेटिइसक्छ, एक दिने तीजको अभिव्यक्तिले समाज परिवर्तन गर्न सम्भव छैन । त्यसमा दोषी हामी नै हुन्छौं, तसर्थ यस अभियानलाई समाजमा व्यापक बनाउनु पर्छ । तीजमा मात्र सीमित नभई हाम्रो नारी दिवसको सार्थकतालाई गाउँघरदेखि नै सार्थक बनाऔं । महिलाले आफूमा जमिरहेको भावनालाई प्रस्फुटन हुन पूरै एक वर्ष नपर्खौं ।

म माफी चाहन्छु, तीजको अवहेलना, नकारात्मक सोच कदापि होइन, म संस्कृतिको विद्यार्थी हुँ । हरेक नेपाली संस्कृतिको आ–आफ्नै महŒव र भूमिका हुन्छ, ती पनि त्यहीभित्रको महŒवपूर्ण चाडपर्व हो । नयाँ पुस्ताका किशोरीहरूदेखि मध्य र ज्येष्ठ नारीहरूले आफ्नो स्वेच्छाले ब्रत बस्नु, नाचगान गर्नु, रमाइलो गर्नु नै नेपाली संस्कृतिको संरक्षण गर्न तीज मनाउनु राम्रो हो ।

विदेशी महिलाहरू पनि ‘नेपालको रमाइलो तीजपर्व’ भनी सहभागी हुन्छन् र नेपाली गीतमा नाच्न, रुचाउँछन् । तर प्रतिस्पर्धामा नगरी, भड्किलो भूमिका होइन, कसैको दीर्घायुको लागि आफूलाई कमजोर नबनाएको तीजको प्रभाव जो कोही नेपाली नारीमा परेको हुन्छ । नाचगानमा सरिक नभए पनि त्यो दिन चोखो, बसी पूजापाठ गर्ने, ब्रत बस्ने श्रीमान्लगायत परिवारको दीर्घायुको कामना गर्ने, हरेक नेपाली आमा, दिदीबहिनीमा पाइन्छ । यो नै हो नेपाली संस्कृतिको जगेर्ना ।

आफ्नो परम्परा र संस्कृतिको संरक्षण नेपालभित्र मात्र नभई बाहिरी मुलुकमा पनि तीजको दिन शिवको पूजा आराधना र नाचगान गरी विदेशी नागरिकलाई समेत ‘नेपाली चाडपर्व तीज’ भनेर चिनाएका छन् । यो हाम्रो परम्परा हो, नेपालीले आफ्नो कला, संस्कृति संरक्षण गरेको अनुभव गरेका छौं । त्यति मात्र होइन, ब्रत बस्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ भने तीजको माहौलले सहकार्य, आपसी मेलमिलाप, आत्मीयता बढ्दै जान्छ । त्यसैले जब नारी दिवसलाई बिर्संदैनौं भने तीज दिवसलाई पनि नबिर्सौं । देखासिकी होइन, चोखो मनले मनाऔं, आफूले सजगता अपनाऔं, सतर्क बनौं ।

त्यस्तै ‘मानवअधिकारप्रति निरन्तर खबरदारी’ गर्ने उच्चस्तरीय संस्था ‘इन्सेक’ सन् २०२१ को नेपाली मानव अधिकार वर्ष पुस्तकको प्रदेश नं. १ को सुनसरी जिल्लामा मात्र (पेज नं. १४९) मा प्रकाशित ‘महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव दुव्र्यवहार’ को दोस्रो हरफमा – यो वर्ष सुनसरीमा मात्र २५ जना महिलाहरू बलात्कारमा परी पीडित भए, तीमध्ये एउटा घटनाको आरोपित धरौटीमा रिहा, पाँचओटा घटनाका आरोपितहरू गिरफ्तार भएनन् । अनि १९ ओटा घटनाका आरोपितलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो’ भनी अभिलेख गयो । किन एउटा घटनाका आरोपित धरौटीमा रिहा ? किन पाँचवटा घटनाका आरोपितहरू गिरफ्तार भएनन् ? उनीहरू त्यही टोलमा धक फुकाएर हिँडिरहेका होलान् । अनि १९ ओटा घटनाका आरोपितहरूलाई पुर्पक्षका लागि अदालत पु¥याइन्छ र फेरि महिलालाई उभ्याइन्छ, केरकार गरिन्छ । अनि आरोपित कसका मानिस हुन्, ऊ विस्तारै छुट्छ ‘निर्मला काण्ड’ जस्तै ।

त्यस्तैले यस वर्षको नारी दिवसमा उच्च ओहदाका नारी सम्मानित व्यक्तित्वहरूले सोझासाझा नारीप्रति शुभकामना र फूलका गुच्छाले एकदिन मात्र सम्मान नगरौं † नारी स्वतन्त्रताको आभास दिलाऔं ।

(लेखिकाः महेन्द्र बहुमुखी क्याम्पस धरानको 

सह–प्राध्यापक हुन् ।)