ब्लाष्टखबर । प्रहरीले धरान ५  देवीगाउँबाट गाँजासहित दुइजनालाई पक्राउ गरेको छ ।  विहिबार दिउसो  करिव १ बजे देवीगाउँ स्थित देवकला खाजा एण्ड हुक्का हाउसबाट एक किलो दुईसय ग्राम गाँजासहित  भोजपुरको हतुवागढी गाउँपालिका ९ का २४ वर्षीय आकाश खड्का र ९ नम्बर वडाका ३१ वर्षीय टिकाराम कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  

कार्यालयका अनुसार शंकाको आधारमा उनिहरुमाथी चेकजाच गर्दा सोपरिमाण्को गाँजा वरामद भएको हो । 

बरामद गाँजासहित पक्राउ परेका दुबैमाथी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 

त्यस्तै, बुधबार धरान १३ भृकुटी पथमा रहेको चेतबहादुर मगरको घरमा खानतलासी गर्ने क्रममा प्रहरीले  एभेल २ एमएल लेखीएको १३ एम्पुल, डिजेल्व २ एमएल लेखिएको १० एम्पुल,  लुपिगेसिक २ एमएल लेखीएको ११ एम्पुल र फिनेरगन २ एमएल लेखिएको २३ एमपुल गरि जम्म ५३ एम्पुल लागुऔषध बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।