ब्लाष्टखबर । प्रधानमन्त्री केपी ओलीले विप्लम नेतृत्व  नेकपा शान्ति प्रक्रियामा खुसी व्यक्त गर्दै महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । 

 सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले विप्लवलाइ बधाइ दिदै  भने ' उहाँले जुन साहसिक कदम चाल्नु  भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’

उनले नेपालि जनताले शान्ति खोजेको र  सो आकाँक्षा आज पुरा भएको भएकाे बताएका छन् । उनले भने ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ।  अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’

प्रधानमन्त्री केपी ओलीलेआजैमात्र नख्खु कारागारबाट छुटेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई बधाई दिए । अन्य नेता कार्यकर्ता पनि धमाधम छुट्ने बताए ।