ब्लाष्टखबर ।  धरानकाे चारकाेशे झाडीमा सडिएकाे अवस्थामा मानव शव फेला परेकाे छ । 



धरान ८ तिनकुने देखी केहि तल रहकाे पानिट्याकी नजिकै  सडिएर सुकिसकेकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । 

उनका अनुसार आज बिहान वन हेरालुले  शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

खबर पाएसंगै घटना स्थल पुगेकाे प्रहरी टाेलीले उक्त स्थानमा मुचुल्का उठाँउने काम भइरहेकाे छ । 

शव पूर्ण रूपमा सडिएकाेले महिला वा पुरूष भन्ने छुट्याउन नसकिएकाे भएपनि लगाPकाे कपडाका आधारमा पुरूष हुनसक्ने डिएसपी बस्नेतले बताएका छन् । उनले भने ' सडिएर सुकिसकेकाे अवस्था छ  घटना स्थलकाे कानुनी प्रकृया पुरा गरी पहिचानका लागी आग्रह गर्छाै ।   '