धरान । चौधरी ग्रुपले बर्दियामा सेनसाइ ब्रान्डको ६५ इन्च फोरके युएचडी एन्डूोइड टेलिभिजन सार्वजनिक गरेको छ । 

चौधरी ग्रुपले सन् २०१६ मा सेनसाइ ब्राण्डको उत्पादनको बिक्री थालेको हो । उक्त समयमा सामान्य टेलिभिजन वितरण थालेको सेनसाइले हालसको अवस्थामा युएचडी टिभी बिक्री थालेको हो ।

त्यस्तै, सेनसाइको अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर निर्माण गरेको हो । बर्दियामा क्षेत्रीय सम्मेलन आयोजना गरी ६५ इन्चको फोरके युयचडी एन्ड्रोइड टिभी सार्वजनिक गरेको हो । टिभीमा ब्राइट प्यानल, मिराकाष्ट तथा वाईफाईजस्ता विशेषतायुक्त टिभीमा दुई वर्षको वारेन्टी रहेको छ ।

चौधरी ग्रुपअन्तर्गत सिजी इओएलले सेनसाइको बिक्रीवितरण गर्दै आइरहेको छ ।