धरान । म्युजिक भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) र चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण प्रधानबीचको झगडा मिलेको छ ।

ईलाका प्रहरी कार्यालय धरानमा शुक्रबार साँझ भएको दुई पक्षको छलफलमा पलले माफी मागेपछि झगडा मिलेको हो । प्रधानमाथि हात पात गर्ने पलका सहयोगी कृष्णप्रसाद जोशीले पनि आफुले गल्ति गरेको स्विकार गर्दै माफी मागेका थिए । त्यस्तै प्रधानले पनि आफुले आवेगमा बोलेका कुरा प्रति माफी मागे । 

प्रधानले आफुमाथि कुटपिट गरेको भन्दै पल र सहयोगी जोशी विरुद्ध प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि झगडा मिलेको हो । 

बुधबार राती धरान–१० स्थित ज्वाँई खाना रेष्टुरेन्टमा पलसँग सामान्य विषयमा विवाद भएको तर एकदिनमा उनले धरानकै एक दर्जन जति युवाहरु बोलाएपछि उनका सहयोगीले जोशीले आफुमाथि हातपात गरेको प्रधानले शुक्रबार विहान सोहि रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । रेष्टुरेन्टको सिसिटिभी फुटेजमा पनि कुटपिट भएको देखिएको छ ।

प्रधान र शाह बीच सामान्य विषयमा विवाद भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रमका लागि अध्यक्ष प्रधानले शाहलाई निमन्त्रणा गरेका थिए । शाहले अस्विकार गरेपछि प्रधानले फेसबुकमा राखेको कार्यक्रम सम्बन्धि पोष्ट हटाएका थिए । प्रधानले पत्रकार सम्मेलनमा भने, ‘हामीले उहाँलाई खादा लगाएर सम्मान ग¥यौं तर उनका सहयोगीले त्यहि खादा म तिर फ्याँकेर दुव्र्यवहार गरे । त्यसपछि हातपात गरे ।’ शाह पक्षले भने प्रधानले अपशब्द बोलेको आरोप लगाएको छ । आफुमाथि प्रधानले दुव्र्यवहार गरेको भन्दै पलले केहि मिडियामा प्रतिक्रिया दिएपछि प्रधानले पत्रकार सम्मेलन गरेका थिए ।