धरान । धरानस्थित एक होटलमा नायक पल शाहका मतियारले चलचित्रकर्मी महासंघ एक नं. प्रदेशका अध्यक्ष अरुण प्रधानमाथि हातपात गरेका छन् । 

पलका सहयोगी कृष्णप्रसाद जोशीले सामान्य मतमतान्तरपछि प्रधानमाथि हातपात गरेको अध्यक्ष प्रधानले बताए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका पललाई प्रधानले खाना खुवाउन धरान–९ स्थित ‘ज्वाइँ खाना’ नामको रेष्टुरेण्टमा ल्याएका थिए । चलचित्र सम्बन्धि सेमिनार राख्ने विषयमा भएको मतान्तर साम्य भइसकेपछि पनि अन्य मतियार ल्याई हातपात गरेको सिसी क्यामेराको फुटेजमा समेत देखिने अध्यक्ष प्रधानले बताए ।  

पलका सहयोगी कृष्णप्रसाद जोशीले मुक्का प्रहार गरेको भिडियो रेष्टुरेण्टको सिसी क्यामेरामा हेर्न सकिन्छ । पलले आमरुपमा माफी नमागे चलचित्रकर्मीका अधिकारबारे बोल्ने संघसंस्था गुहार्ने अध्यक्ष प्रधानले बताए । प्रधानले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।