धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ६ मा गोरु काटेको अभियोगमा तीन जना स्थानिय पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनपा–६ कचिडेका सिरानका वर्ष ३०का  अमर मग्राती ,  वर्ष २२ का विकास विसुंखे र वर्ष ३७ का भेषबहादुर भनिने सिमन विसंखे रहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत धनकुटामा विहिवार उपस्थित गराईएका उनीहरुलाई जनही ६० हजारका दरले धरौटी तोकेको थियो । जसमध्ये सिमनले मात्र धरौटी रकम ६० हजार बुझाएकाले तारेखमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिएका छन् ।

अन्य दुई जना अमर र विकास भने अदालतले तोकेको धरौटी रकम वुझाउन नसक्दा कारागार चलान भएका छन् ।  नेपालको संविधानको धारा २५९ को उपदफा २ को १ वमोजिम गौवद्ध सम्वन्धी कसूर गर्ने वा मार्ने व्याक्तिलाई ३ वर्ष कैद हुने व्यास्था गरेको छ ।