विराटनगर । नेपाल औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी दुई लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयले स्टिङ अप्रेसनका क्रममा सुवेदीलाई भर्खरै पक्राउ परेका हुन् । बन्द भएको औषधि पसललाई खुलाइदिने भन्दै सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् । मोरङ उर्लाबारी–५ हाटखोला निवासी २४ वर्षीय सुवेदीले बन्द भएको औषधि पसल खुलाउनका लागि घूस लिँदै गर्दा पक्राउ गरिएको हो । यसविषय थप अनुसन्धान सुरु गरिएको छ ।