विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाष बोहराको घरमा रहेको गोदाम ठूलो परिमाणमा म्याद सकिएको बिदेशी ब्राण्डको ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको छ । निखिल जैससानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सनले आयत गरेको बिदेशी ब्राण्डको दाल ठूलो परिमाणमा म्याद सकिएको भेटिएको हो । 

पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यबस्तु बिक्री वितरण गरेको पाइएपछि विराटनगर– ७ नेपाल राष्ट्र बैंक अगाडी रहेको जैसानी ट्रेड कन्सनलाई तीन लाख रुपैयाँ जरिवना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको खाद्यबस्तुमा नयाँ लेबल लगाएर पुन बिक्री वितरण गरेको भेटिएपछि उद्योग, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवना गरेको हो । 

जैसानी ट्रेडले विदेशी ब्राण्डको टोर नाम गरेको ‘रहर’ को दाल भारतदेखि आयत गर्दछ । उक्त रहरको दालको म्याद सकिएको बोरामा नयाँ लेबल लगाएर बजारमा बिक्री बितरण गरेको पाइएको हो ।

kalobajar-biratnagar3

उद्योगी अविनास बोहारोका भान्जा रहेका निखिल जैससानी बोहोराले बिदेशी ब्राण्डका रहरको दाल आयत गरि विराटनगरसहित देशभरी सप्लाय गर्दै आएका छन् । बोहोराले आयत गरेको विदेशी ब्राण्डको रहरको दाल ठूलो परिमाणमा म्याद सकिएको अवस्थामा भेटिएको हो ।

उद्योग वार्णिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार गरेको अनुगमनको क्रममा जैसानी टे«ड कन्सनको गोदाममा मात्र बिदेशी ब्राण्डका ४० टन रहरको दाल बरामद गरेको वार्णिज्य कार्यालयका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

१५ केजी तौल भएको बोरा मात्र २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको छ । यो बाहेक बजारमा पनि म्याद सकिएको ठूलो परिमाणमा रहरको दाल पठाएको हुनसक्ने भएकोले वाणिज्य कार्यालयले बजार अनुगमनलाई तिव्रता दिने भएको छ । सन् २०१३ मा उत्पादन भएको बिदेशी ब्राण्डको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ ।

kalobajar-biratnagar1

तर, कमाउन धन्दामा लागेका व्यापारी बोहाराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुल्लेआम बिक्री वितरण गर्ने गरेको  अनुगमनको क्रममा फेला पारेको हो । व्यापारी बोहोराले म्याद सकिएको खाद्यबस्तु विक्री गर्न निक्कै चलाखि गरेको पाइएको छ । उनले म्याद सकिएको मितीलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर बिदेशी ब्राण्डको रहरको दाल बजार पठाउने कर्तुत बाहिर आएको छ ।

‘म्याद सकिएको खाद्यबस्तुको बोरामा नयाँ उपभोग्य मिति भएको लेबल राखेर बिक्री वितरण गरेको कसुर हो । यो कसुर उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिमको हो,’ निमिक्त कार्यालय प्रमुख पोखरेलले भने, ‘सोही कसुर बमोजिम जैसानी टे«ड कन्सनलाई ३ लाख रूपैयाँ जरिवना गरिएको छ । बिक्री गर्न गोदाममा स्टकमा राखिएको दाल बिक्री वितरणमा तत्काल रोक लगाइयो । अहिले शिलबन्दी गरिएको छ ।’ थप अनुसन्धानपछि म्याद सकिएको रहरको दाल नष्ट गरिने उनले जानकारी दिए ।

kalobajar-biratnagar2

यस्तै जैसानी ट्रेड कन्सनले बजारमा पठाएको अन्य डिर्लर खुद्रा पसलमा गरेको अनुगमनको क्रममा दुई वटा व्यापारी फर्ममा म्याद सकिएको रहरको दाल भेटिएको छ । विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यस र ओम किराना पसलमा जैसानी ट्रेडले पठाएको रहरको दाल म्याद सकिएको भेटिएको हो । 

विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरामा रहरको दाल म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्ता कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवना गरिएको हो ।

‘बजार अनुगमनको क्रममा सुरूवातमा दुई वटा फर्ममा गरेको अनुगमनको क्रममा रहरको दाल म्याद सकिएको भेटियो । कहाँबाट खरिद गरेको भन्दै सोजीखोजी गर्दा जैसानी टे«ड कन्सनले म्याद सकिएको दाल बजारमा पठाउने गरेको जानकारी पाइएपछि अनुगमन गर्दा ठूलो परिमाणमा म्याद सकिएको रहरको दाल बरामद गरिएको हो,’ उनले भने ।