ब्लाष्टखबर ।   नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा पहिलाे पटक नकारात्मक सर्किट लागेको छ ।

आइपीओ निस्कासनपछि नेप्सेमा सूचीकृत भइ काराेबार सुरू भएसंगै  पहिलाे नकारात्मक सर्किट लागेर पहिलाे वुल सकिएकाे हाे । 

सोमबार ६६० रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य आज भने सुरुवाती समयमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढेर ७२६ रुपैयाँसम्म पुगे पनि करिब २० मिनेटमै १० प्रतिसतले नै घटेर ५९४ रुपैयाँमा झरेको छ । 

बजार सुरू भएकाे १० मिनेटसम्म  खरिद कर्ताकाे चाप बढेकाे भएपनि नकारात्मक सर्किटलागेपछि खरिद कर्ताहरू शुन्यमा झरेका छन् । याे समाचार तयार पार्दाकाे समय १२ बजेर ८ मिनेट जाँदा  ५ लाख ७६ हजार कित्ताभन्दा बढी कित्ता शेयर ५९४ रुपैयाँमा बिक्रीकालागी  तयार भइरहँदा खरिद कर्ता भने शुन्य रहेका छन्  ।

उक्त समयमा कम्पनीको ९ लाख  ५४ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ४० लाख ६० हजारको कारोबार भइसकेको छ ।