विजयपुर । माच्छापुच्छ्रे बैङ्कले धरानका कृषि उपज बजार र पालिका बजारका व्यवसायीलाई क्यू आर (क्विक रेस्पोन्स) कोड हस्तान्तरण गरेको छ ।

बैङ्कले कृषि उपज बजारमा एक कार्यक्रमको आयोजना गरि कोड हस्तान्तरण गरको हो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्क बिराटनगरका निर्देशक सत्येन्द्र तिमल्सिनाले राष्ट्र बैङ्कले अनलाइन प्रणालीलाई बिस्तार गर्ने नीतिलाई टेवा पुग्ने बताए । उनले नेपाल सरकारले नोट निष्कासनको लागि बार्षिक १ अर्ब रुपैयाँ खर्च हुने भन्दै अनलाइन प्रणालीबाट कारोबार गरे सरकारको खर्च कम हुने बताए ।  उनले अनलाइन खर्च कमी हुने बताए । उनले नगर नोटको कारोबार गर्दा विभिन्न जोखिमहरु अनलाइन प्रणालीबाट कारोबार गर्दा जोखिम कम हुने बताए । 

कार्यक्रमका अध्यक्ष विश्वमणी न्यौपानेले काठमाण्डौका विभिन्न स्थानका कृषि बजार, धनगढी, मिथिला नगरका कृषि बजारमा क्यूआर कोड हस्तान्तरण गरको बताए । उनले ठुलाठुला कारोबारहरुमा मात्र डिजिटल बैङकिङ प्रणालीको प्रयोग गर्ने प्रचलन रहेको बताउँदै साना कारोबारमा पनि डिजिटल प्रणालीको प्रयोग गर्नुपर्ने बताए । धरानको कृषि उपज बजारका ३८  जना व्यवसायीहरुलाई हस्तान्तरण गरिएको हो । साथै पालिका बजारमा ३० वटा क्यूआर कोड हस्तान्तरण गरिएको छ भने १ सय ७ वटा कोड हस्तान्तरण गरेको बैङ्कका धरान शाखा प्रमुख बिराजराज खनालले जानकार दिए । उक्त  क्यू आर कोडलाई मोबाइल बैङ्किङ एप्लिकेसनबाट स्क्यान गरेपछि आवश्यक रकम लगाई प्रयोग गर्न सकिने बैङ्कका डिजिटल बैकिंक प्रमुख सुनिल खतिवडाले जानकारी दिए ।