धरान । धरान–९ मा दुई युवाले घरको भित्तामा रङ्गको विकल्पका रूपमा प्रयोग गरिने सामग्रीको व्यवसाय सुरु गरेका छन् ।

दिवस श्रेष्ठ र गोकुल राईले होम डेकोर सञ्चालनमा ल्याएका हुन् । चार लाख रुपैयाँको लगानीमा डेकोर सञ्चालनमा ल्याएका छन् । जहाँ थ्रीडी, रोयल, क्लासिक र सादा प्रिन्टका सामग्री रहेका छन् । जसको मूल्य प्रतिमिटर १८ सय रुपैयाँदेखि माथि पर्ने सञ्चालकमध्येका दिवस श्रेष्ठले जानकारी दिए ।

उनले हरेक डेकोर सामानको रङ्गको ग्यारेन्टी सात वर्षको रहेको छ । करिब १२ वर्षसम्म टिकाउ हुने उनले बताए । 

IMG_20210222_161232