ब्लाष्टखबर । मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् ।

आईतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका – ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, सिराहा मिर्चैया नगरपालिका –६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध डाइलक्स डिसीसहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स ८ प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालिका– १ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा

डाइलक्स डिसी २७ थानसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।