धरान । शिवशक्ति एण्ड पुन्यप्रसाद फेमिली कृषि फर्मले चौथो वार्षिकोत्सव सरस्वती बाल आश्रमका अनाथलाई खाद्यान्न वितरण गरेर मनाएको छ । 

फर्म धरान–६ पानबारीमा सञ्चालित छ । फर्मले सामाजिक कार्यअन्तर्गत केही रकमबाट अनाथहरूलाई खाद्यान्न तथा दूध वितरण गरेको सञ्चालक देवेन्द्र दाहालले जानकारी दिए । उनको परिवारनै पुगेर आश्रमका पदाधिकारीलाई खाद्यान्न तथा दूध हस्तान्तरण गरे । आइतबारकै दिन दाहालका हजुरआमा अम्बिकादेवी दाहालको आठौं वार्षिक पुन्यतिथि समेत परेको थियो । उनका अनुसार हजुरआमाको पुन्यतिथिलाई पनि स्मरण गर्दै खाद्यान्न वितरण गरिएको हो । फर्ममा ७ वटा गाई पालन गरिएको छ । फर्मबाट दैनिक २२ लिटर दूध उत्पादन हुँदै आएको छ ।