ब्लाष्टखबर । शुक्रबार ८८ हजार २ सयमा झरेकाे  सुनकाे मुल्य साताकाे पहिलाे दिन आज फेरि बढेर ८९ हजार पुगेकाे छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसंगै  नेपाली बजारमा पनि भाउ घटेको थियाे  । 

८ महिना यताकै सस्ताे भएर तोलामा ८९ हजार २ सय काराेबार मुल्य ताेकिएकाे सुनकाे मुल्य पुक्रबार पुन: घटेकाे थियाे ।   हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार  तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज  १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।