बिर्तामोड । प्रदेश नम्बर–१ मा चार सय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको आधिकारीक बिक्रेता पाथीभरा सहारा ट्रेडर्सले शुक्रबार बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ ।

भारतीय कम्पनि टाफेको मेस्सी फर्गुसन ट्याक्टर लोकप्रीय बन्दै गएको उत्पादकहरुको भनाई छ । 

नेपालको हावापानी, सडक तथा भौगोलिक वातावरणसँग मिल्दोजुल्दो भएको हुनाले यस ट्याक्टरको प्रयोग गर्ने नेपालीको संख्या उल्लेख्य बृद्धि हुन थालेको कम्पनिले जनाएको छ ।

नेपालमा पछिल्लो समयमा यो ट्याक्टरको माग ह्वात्तै बढेको कम्पनिको भनाई छ । 

पाथीभरा सहारा ट्रेडर्स बिर्तामोडका प्रवन्ध निर्देशक एलपी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम टाफे कम्पनिका जनरल मेनेजर सेल्स पुष्कर बालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कम्पनीका सञ्चालक भक्ति सिटौलाले स्वागत गरेको कार्यक्रममा सिभिल बैंक बिर्तामोडका प्रमुख टंक पौडेल, साना किसान कृषि सहकारीका अध्यक्ष नवराज भट्टराई, दिनेश थापालगायतले शुभकामना मन्तव्यसहित ट्याक्टरका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि टाफे कम्पनि नेपालका सेल्स मेनेजर अनिलकुमार द्धिवेधीले ट्याक्टरका विशेषताका विषयमा जानकारी दिएका थिए ।

उनका अनुसार यो ट्याक्टर ढुवानीका लागि उचित, चलाउन आरामदायी र सजिलो, २८ देखि ७५ एचपीसम्म उपलब्ध, हाल ४८ देखि ६० एचपीसम्मको बिक्री भइरहेको छ ।

उनले ट्याक्टरमा सिमसन इन्जिन, कलिङ सिस्टम, डवल क्लच, कमदुरीमा पनि गुम्न सक्ने, इनलाइट पम्प, २ बर्ष वा २२०० घण्टाको वारेन्टी, शक्ति वढि भएकोलगायतको धेरै विशेषता भएको जानकारी दिएका थिए ।

कार्यक्रममा टाफ कम्पनिका एरिया मेनेजर नविनकुमार सिंह, सर्भिस इन्जिनियर अनिल कुमार, लहानका आधिकारिक विक्रेता अजित अग्रवाल, टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारीका अध्यक्ष केशव कटुवाल, कोशी ट्याक्टर एण्ड अटो मोवाइल्सका प्रबन्ध निर्देशक रमेशप्रसाद सिटौलासहित ग्राहकहरुको उपस्थिति थियो ।

कार्यक्रममा ट्याक्टर खरिद गर्ने ५ जनालाई चावी हस्तान्तरण गरिएको थियो ।