ब्लाष्टखबर । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ५३ वर्षीय  पक्राउ परेका छन् ।

बिहिबार प्रहरीले बेलौरी नगरपालिका–६ बिद्यानगर घर भएका सोही ठाउँ स्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक  मधु बिलास ढुङगानालाई  पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएकाे छ ।

कार्यालयका अनुसार बुधबार बिहान विद्यालयको कक्षा कोठामा एक  बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने सुचनाका आधारमा उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका ढुङगानामाथी थप अनुसन्धान  भइरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।