ब्लाष्टखबर । नेपालमा सुनकाे मुल्य ९ महिना यताकै सस्ताे भएकाे छ । बुधबार ९० हजार भन्दा कम मुल्यमा काराेबार भएकाे सुनकाे मुल्य बिहिबार भने जेष्ठ महिनामा काराेबार भएकाे मुल्यमा काराेबार भइरहेकाे छ ।
बिहीबार ताेलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मुल्य जेष्ठ महिनाको २९ गते ताेकिएकाे मुल्य यताकाे सबैभन्दा सस्ताे मुल्य हाे ।
जेष्ठ महिनाको २९ गते सुन प्रतितोला ८९ हजार ६०० रूपैयाँ तोकिएकाे थियाे । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दै जानु बजारमा सुनको अभाव भएको र माग पनि कम भएकाले मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायीका बताउँछन् ।
सुनसँगै बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको थियो ।