कालाबञ्जार। मिस्टर एण्ड मिस थारू २०२१ को तेस्रो संस्करणका लागि पहिलो चरणको अडिसनबाट ७६ जना छनौट भएका छन् । 

काठमाडौं, दाङ र रूपन्देहीको अडिसनबाट ७६ जना छनौट भएका हुन् । जह इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सुरेश चौधरीका अनुसार मिस्टरतर्फ ३३ जना र मिसतर्फ ४३ जना छनौट भएका छन् । छनौट भएकालाई काठमाडौंमा प्रशिक्षण दिइने भएको छ ।

२५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेण्ट डाइरेक्टर रूपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चैत ७ गते चितवनको सौराहामा हुने भएको छ । विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजारसहित विभिन्न उपहार पाउने इभेण्ट म्यानेजर सुदीप चौधरीले जानकारी दिए ।

थारू समुदायको उत्थान र कला, संस्कृतिको संरक्षण गर्न सन् २०१७ देखि प्रतियोगिता गरिँदै आएको छ । पहिलो संस्करणमा मिस्टर थारू चन्दन चौधरी र मिस थारू जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणमा मिस्टर थारू रविन चौधरी र मिस थारू आकृति चौधरी भएकी थिइन् ।