ब्लाष्टखबर।   प्रहरी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक पुगिसकेकाे  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । 

उनले उक्त बलात्कार तथा हत्या काण्ड निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको बताउँदै छानबिन टुंगोमा पुर्याउने प्रक्रिया प्रहरी अघि बढेकाे बताउँदै क्त घटनाका दोषीलाई छिट्टै कानूनी कठघरामा उभ्याउनेप्रतिबद्धता जनाए ।

महिला हिंसाका घटनाहरूमा भएकाे बृद्धिसँगै दाेसीलाइ कारवाहिकाे माग गर्दै गृहमन्त्राल पुगेकाे    सर्वोच्च अदालत बार एसोसिएसन महिला समितिको नेतृत्वकाे  प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री थापाले  महिला हिंसा रोक्न सरकार गम्भीर रहेकाे बताएका छन्  ।

महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका छन्।